राजनीति

रविकाे प्रतिवेदन : मध्यावधिमा जान सकिने विकल्प, यही व्यवस्थाबाटै परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि चार वर्ष प्रतिक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सारेका छन् ।

सोमबारदेखि सुरु भएर बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै लामिछानेले मिसन ८४ को नारा फेरिनसक्ने बताएका छन् । 

सत्ताधारी दलले समेत आफूहरूकै नारा नक्कल गरेकाले यो नारा फेर्नुपर्ने स्थिति आउन सक्ने उनले उल्लेख गरेका छन् । 

‘यही बेथितिको निरन्तरता अर्को ४ वर्ष मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ? पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन्’, रविले प्रतिवेदनमा भनेका छन्, ‘साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई स्ट्यान्डबाई’ रहन निर्देशन दिन्छु ।’

‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ?’ प्रतिवेदनमा उनले भनेका छन् ।

सबै पुराना दलहरू मिलेर सत्ता सञ्चालन गर्न उपयुक्त हुने धारणा लामिछानेले राखेका छन् । प्रतिपक्षी भूमिका आफ्नो पार्टीले निर्वाह गर्ने उनले प्रतिवेदनमा लेखेका छन् । ‘यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ?’ प्रतिवेदनमा उनले पुराना दललाई प्रश्न गरेका छन् ।

संकटमा व्यवस्था नभएको र पुराना दलमा रहेको लामिछानेको दाबी छ । मध्यावधिका लागि पार्टी तयार भएर बस्नुपर्ने उल्लेख गर्दै नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन । ‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचनालाई ‘स्ट्यान्ड बाई’ रहन निर्देशन दिन्छु,’ प्रतिवेदनमा भनिएको छ ।

रास्वपा सभापति लामिछानेले प्रदेश संरचना परिवर्तन अत्यावश्यक रहेको प्रतिवेदनमा औंल्याएका छन् । ‘प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशले आफ्नो उपदेयता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको उनको ठहर छ ।

गलत प्रवृत्तिका केही व्यक्ति पार्टीमा आएका छन्:

लामिछानेले अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औंल्याएका छन् । रास्वपमा अन्य दलबाट प्रवेश गर्ने अधिकांश असल, निष्ठावान र इमान्दार भएपनि केही व्यक्ति भने गलत प्रवृत्तिका रहेको स्वीकार गरेका हुन् । गलत प्रवृत्ति बोकेर आएकाहरुले पार्टी पङ्तिलाई दबाब र प्रभावमा पार्न सक्ने उनको आशंका छ । ‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ’, रविले प्रतिवेदनमा भनेका छन् ।

अरु दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन् । गलत प्रवृत्ति बोकेर आएकाहरुले पार्टी पङ्तिलाई दबाब र प्रभावमा पार्न सक्ने उनको आशंका छ । ‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ’, रविले प्रतिवेदनमा भनेका छन् । अरु दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत