गृह प्रशासन सुधारका लागि समिति गठन
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर सोमबार, २०८० | १४:०६:०० मा प्रकाशित

काठमाडौं । गृह प्रशासन सुधारका लागि अध्ययन समिति गठन भएको छ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले पूर्वमुख्यसचिव लीलामणी पौडेलको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको जानकारी दिए।
उनका अनुसार अध्ययन समितिको सदस्यमा पूर्वसचिव शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल रहेका छन्। यसैगरी डा. खंग केसी, प्रकाश अर्याल, सिंहबहादुर श्रेष्ठ, डा. विन्दु पोखरेल, डा. विजय गौतम र सदस्यसचिवका रूपमा नीति योजना महाशाखाका सहसचिव रहने व्यवस्था गरिएको उनको बताए।
गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा श्रेष्ठले सुशासनका काम अगाडि बढाइरहेको दाबी गरे। आन्तरिक र बाह्य रुपमा संस्थागत ढंगले काम गर्दा सकरात्मक परिणाम देखिएको बताउँदै उनले थप प्रभावकारी बनाउन गृह मन्त्रालयले एकीकृत कार्ययोजना बनाउन लागिएको जानकारी गराए।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपायहरु र त्यसको कार्ययोजना समेत तयार गर्ने प्रयोजनका लागि समिति गठन गरिएको श्रेष्ठले बताए। श्रेष्ठले गठित समितिका सदस्यसँग आज छलफल गरेका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस