विश्वकपको उपाधी जित्न अस्ट्रेलियाले भारतविरुद्ध २४१ रन बनाउनुपर्ने
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर आइतबार, २०८० | १८:१२:०० मा प्रकाशित
काठमाडाैं । भारतमा जारी एक दिवशीय विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलियालाई भारतले २४१ रनको चुनौती दिएको छ।
गुजारतको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले पूरै ५० ओभरमा पूरै विकेट गुमाउँदै २४० रन बनाएको हो।
भारतका लागि विराट कोहली र केएल राहुलले अर्धसतक पूरा गर्दा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। रोहितले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। विराटले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे। जारी विश्वकपमा उनको यो छैटौं अर्धसतक हो। उनले तीन सतक प्रहार गरेका छन्। यो विश्वकपमा विराटले सर्वाधिक रन जोडेका छन्। उनले ११ खेलमा ७६५ रन जोडेका हुन्।
लगातार विकेट पतन हुँदा भारतलाई सम्हाल्ने प्रअयास गरेका केएल राहुलले १०७ बलको सामना गर्दा मात्रै एक चौकाको मद्दतमा ६६ रन जोडे। यी बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
शुबमन गिल र श्रेयस ऐयर समान चार रन जोड्दा पेबेलियन फर्किए। रबिन्द्र जडेजा पनि क्रिजमा लामो समय टिक्न सकेनन्। २२ बलको सामना गरेका जडेजा मात्रै ९ रनमा क्याचआउट हुन पुगे।
मोहम्मद शामीले ६ रन जोड्दा जसप्रित बुम्राह १ रनमै एलबीडब्ल्यु धरापमा परे।
सूर्यकुमार यादव १८ रनमा विकेटकिपरकै हातबाट आउट हुँदा। कुल्दिप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे।
अस्ट्रेलियाका लागि मिचेल स्ट्राकले ३ विकेट लिए। पूरै १० ओभर बलिङ गरेका मिचेलले ५५ रन खर्चिए। भारतका गिल, केएल राहुल र मोहम्मद शामी मिचेलको बलमा क्याचआउट भएका थिए।
एडम जाम्पाले जसप्रित बुम्राहको विकेट लिएसँगै सर्वाधिक विकेटमा भारतका शामीसँग बराबरी गरे। उनीहरुले समान २३ विकेट लिएका छन्। तर अब दोस्रो इनिङमा शामीले विकेट लिए उनीनै सर्वाधिक विकेट लिने बलर बन्नेछन्।
जोश हजलवुड र प्याट कुमिन्सले समान २ विकेट हात पारे। रविन्द्र जडेजा र सूर्यकुमार यादव हजलवुडको बलमा विकेटकिपरको हातबाट क्याचआउट भए। विराट कोहलीलाई बोल्ड गरेका कुमिन्सले श्रेयस ऐयरलाई विकेटकिपरको हातबाट क्याचआउट गराए। ग्लेन म्याक्सवेलले भारतीय कप्तान रोहित शर्मालाई पेबेलियन फर्काए।
भारत र अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा दोस्रो पटक भिडेका हुन्। यसअघि २००३ मा अस्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेको थियो। ३६० रनको लक्ष्य पछ्याएको भारत त्यतिबेला २३४ रनमा समेटिएको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस