गाउँ सहर

आश्विन शुक्ल पक्षको एकादशी, दशैँको टीकाको दोस्राे दिन आज पनि टीका लगाइँदै

काठमाडौँ । आज आश्विन शुक्ल पक्षको एकादशी । दशैँको टीकाको दोश्रो दिन आज पनि टीका लगाइन्छ । नवरात्रभरी नवदुर्गा भवानीको पूजा गरेर विजयादशमीको दिन देवीको प्रसाद लगाउने गरिन्छ ।

आफ्नो घर तथा नजिकका आफन्तसँग दशैँको दिन मान्यजनको हातबाट टीका लगाइन्छ भने टाढा रहेका मामाघर, ससुराली तथा अन्यको हातबाट पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ ।

कोजाग्रत पूर्णिमाका दिन जमरालाई विसर्जन गरेपछि दशैँ सकिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत