ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारद्वारा नेपाललाई हस्तान्तरण
- गाउँ सहर संवाददाता
- २८ असोज आइतबार, २०८० | २०:१८:०० मा प्रकाशित
काठमाडाैं । प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेका ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। लेल अबिबस्थित नेपाली राजदूतावासले आइतबार साँझ विज्ञप्ति जारी गर्दै ५ वटा शव प्राप्त भएको जनाएको छ।
नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ।
सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको राजदूतावासले जनाएको छ।
साथै, प्राप्त भएका शवहरू ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि दूतावासले बताएको छ।
‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै, उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।
आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् भने २ जना अस्पतालमा उपचाररत छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
प्रतिकृया दिनुहोस