नेपालगन्जमा फेरि कर्फ्यु, सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवाद
- गाउँ सहर संवाददाता
- १९ असोज शुक्रबार, २०८० | ०८:३५:०० मा प्रकाशित

रुपन्देही । बाँकेको नेपालगन्जमा बिहीबार हटाइएको कर्फ्यु आज पुनः लगाइएको छ । हिन्दू मुस्लिम समुदायबीच विवाद समाधानको साटो पुनः विवाद उत्पन्न भएपछि पुनः कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ ।
शुक्रवार बिहानै जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा ‘नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने’ उल्लेख गरिएको छ ।
यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो । विवाद समाधानको लागि बुधबार सर्वपक्षीय बैठक बसेर कर्फ्यु हटाउने सहमति गरिएको थियो ।
सहमतिमा दुवै समुदायका धर्मगुरूहरू पनि सहभागी थिए तर नेपालगन्जमा यो विवाद उक्साउने अदृश्य समूहले काम गरिरहेकाले समाधान नभएको स्थानीयले जनाएका छन् ।
उनीहरूले धर्मका नाममा दुवै तर्फबाट अतिवादीहरूले उचालेका कारण समस्या भएको जनाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस