कप्तान रोहित पौडेलकाे अर्धसतकीयसँगै माल्दिभ्सलाई नेपालको विशाल लक्ष्य
- गाउँ सहर संवाददाता
- १४ असोज आइतबार, २०८० | ०८:३२:०० मा प्रकाशित

काठमाडाैं । कप्तान रोहित पौडेलकाे अर्धसतकीयसँगै नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएकाे हाे ।
कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए ।
नेपालले ठूलो सटको चक्करमा सुरुवातमा विकेट गुमाएको थियो । पहिलो खेलमा मौका नपाएका ब्याटरलाई नेपालले आज अघि खेल्न पठाएको थियो । पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ८ बलमा १ चौकासहित ६ रनमा गुमाएको थियो । आसिफ तीव्र गतिका बलर नासिर नाइल इस्मालको बलमा कभरमा आउट भए ।
कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए ।
एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका छन् । उनी तीव्र गतिका बलर बदिउ इस्माइल नवाजको बलमा ठूलो सट खेल्ने धुनमा मिउभान मोहम्मदबाट क्याच आउट भएका थिए ।
पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस