अर्थतन्त्र

कुमारी बैंक लिमिटेडका पाँच नयाँ शाखा विस्तार

काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा एकैदिन पाँच नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडाैं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेलसमेत गरी ५ स्थानमा शाखा सञ्चालनमा ल्याएकाे हाे ।

बिहीबार (आज) असाेज १२ गतेबाट यी शाखाहरु सञ्चालनमा ल्याएको हाे ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको बैंकले जनाएकाे छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको जनाएकाे छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत