ब्लग

के नेपाली वैदेशिक रोजगारीबाट फर्कन सक्छन् ?

युएईमा तीन लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन्। अन्य देशमा पनि हजारौँको सङ्ख्यामा बिदेसिएका छन्। रोजगारी, अध्ययन, उपचार, भ्रमण लगायत अन्य सेवा सुविधा बढी पाउने आसका साथ दिनहुँ हजारौँको सङ्ख्यामा युएई लगायत अन्य देश पुग्ने क्रम बढ्दो छ।

यसरी परदेश लागे पश्चात पुनः आफ्नै देशमा फर्केर केहि गर्ने आशा, हुटहुटीले मनमा अनेकौँ सपना बोकेर स्वेदश फर्केका र फर्कन लागि पर्नेको जमातको कमी पनि छैन।

नेपालीले केहि निश्चित समय प्रवास बसाईपछि रोजगार होस् या अध्ययन गरेर स्वदेश फर्केर विभिन्न पेशा ब्यबसाय, सिप प्रयोग गरेर बाँकी जीवन साथीभाई परिवारसँग आरामको जिन्दगी बिताउने साथै आफ्नो अनुभव देश र समाजको बिकासमा टेवा पुर्याउने सोच राखेको हुन्छ । त्यस्तै योजनाको परिकल्पना सोचका साथ गरेर बिदेशी जीवनको अन्त्य गर्दै स्वदेश फर्कने निर्णय गरेको हुन्छ । तर स्वदेश फर्के पछिको अवस्था सोचे अनुसार अत्यन्त फरक हुने गर्छ ।

आखिर स्वदेश फर्केपछि के चाहेको हुन्छ त ? कस्तो देश र समाजको अपेक्षा लिएको हुन्छ त बैदेशिक नेपालीले ? परदेश बसुन्जेल स्वदेशको चिन्ता र स्वदेश बसेपछि यहाँको (बिदेश) माहोल देखेर पुनः बिदेश जाने बाध्यतामा रुमलिएको हुन्छ । यसको कारक तत्व के हो ? किन बिदेस बाट फर्केका नेपाली स्वदेसमा केहि गर्न चाहदैन त ! यस बिषयमा न कुनै बहस न कुनै छलफल नै भएको पाइन्छ ।

स्वेदश फर्केका नेपालीहरु सामान्य आफ्नो देशले केहि गरी दिए हुने भन्नेमा आशावादी रहेको हुन्छ।

पहिलो त रोजगारी होस् जसले आफुले सिकेको सिपलाई आफ्नो ठाउँमा प्रयोग गर्न सकोस् जसका लागि स्थानीय तह ,उद्याेगीले सिपका आधारमा बर्गीकरण गरी रोजगारीको सुनिश्चतता आवश्यक छ।

दोश्रो स्थानीय श्रोत साधनलाई प्रयोग गरी स्थानीय तहमा नै भाषा,धर्म, रहनसहन, भेषभुषालाई प्राथमिकताका आधारमा पर्यटन प्रबधन गर्न मद्दत पुर्याउन र आफु बिदेसमा बसेका बेला त्यहाँको मानिसलाई देशमा ल्याएर पर्यटक आगमनमा पुलको काम गर्न सकिन्छ।

तेश्रो काम हो वैदेशिक रोजगारबाट फर्किआएका कामदारहरूको डाटा संकलन गर्नु हो। स्थानीय तहले गर्न सक्छ र सोहि अनुसार दक्षता र सिप अनुसार रोजगार दिन सकिन्छ।

सामाजिक सचेतनाका लागी पारिवारिक सहभागितामा सामाजिक मेलमिलाप, परामर्श, नेतृत्व बिकास, स्वयं सेवक परिचालन जस्ता कार्यक्रम गरी फर्केका नेपालीको मनोवैज्ञानिक चेतना बिकास गराउन सके राम्रो हुन्छ। जसले गर्दा उनीहरुमा आफ्नै ठाउँमा केहि गर्नु पर्छ भन्ने भान हुन्छ।

स्थानीय बजार माग अनुसार कृषि, पशुपालन, जडीबुटी, वन पैदावारलाई प्राथमिकता दिई सोहि अनुसार सिपमुलक तालिमको ब्यबस्था, परम्परागत पेशालाई आधुनिकरण गराउने र क्षमता अनुसारको रोजगारी प्रदान गराउन सकिन्छ साथै सोहि अनुसार उद्याेग कलकारखनाको उत्पादन र प्रबद्धन गर्ने।

समय समयमा अनुगमन, परीक्षण सुपरिबेक्षणको अभ्यास र राम्रालाई प्रोत्साहित गर्ने गराउने।

बैदेशिक रोजगारीमा सिकेका सिप, प्रविधिलाई अनुभवका आधारमा बित्तीय साक्षरता, प्राविधिक पहुँचमा बृद्धि गर्ने र उद्यमलाई बजारिकीकरण गर्ने।

बिदेशबाट फर्केकालाई देशमा अर्कै देशको नागरिक सरह हेर्ने दृष्टीकोण छ त्यसलाई हटाउन जरुरी छ। किनकी बिदेश आफ्नो घर परिवार छोडेर केहि समयका लागी रोजगारी र घरको आर्थिकस्थिति मजबूत गराउने चाहना चाहेको हुन्छ यसलाई मनन गर्नु आवश्यक छ। विशेषगरी महिलाहरू माथि लाग्ने गरेका लान्छना, हिंसा बढ़ी देखिन्छ। सीप र पूँजी दुवै लिएर आएकालाई लगानीको वातावरण राज्यले गर्नु पर्छ र सिप र पूँजी दुबै नलिई आएकालाई समेत राज्यले सोहि अनुसार कार्यान्वयन गर्नु पर्दछ।

सर्ब सुलभ बैंक सुबिधा प्रदान गराउने, प्रशासनिक ढिला सुस्तीलाई कम गरी छिटो छरितो काम गराउने र बैदेशिक नेपालीलाई प्राथिमिकता दिने। हाम्रालाई भन्दा राम्रालाई प्रोत्साहन गर्ने ।

बिदेशका मल्टीनेशनल कम्पनीलाई देशमानै ल्याउने परिकल्पना तयार गरी एनआरएनए जस्ता सस्थाको सहयोग लिने।अहिले सानो सानो कामका लागि भारत लगायतका देशबाट आउने क्रम छ यसलाई रोक्न जरुरी छ।

देशको अभिन्न हात रेमिटान्स भएका कारण रेमिटान्स जसले धेरै पठाएका छन् उनीहरुलाई प्राथमिकताका आधारमा राज्यको सेवा सुबिधामा सहज पहुँच प्रदान गर्ने।

अध्ययन गरेर फर्केकाले बिदेसको अध्ययन गर्ने शैली अत्यन्त फरक हुने भएका कारण पुरानो शिक्षा प्रणालीलाई हटाई आधुनिक प्रविधि र बैज्ञानिक तवरको शिक्षा गराउन सके आगामी बालबालिकाको सिकाईमा बृद्धि हुन्छ।

बिदेसबाट आएको पूँजीलाई देशमा काम गर्नका लागी चाहिने कच्चा पदार्थ ल्याउन, उत्पादित समान बजारसम्म ढुवानि गर्न, बिजुली बत्ति पानीको व्यवस्था गर्न छुट र क्षति भए राहतको ब्यबस्था गर्न सक्नु पर्दछ।

स्वदेश फर्किएपछि उनीहरूलाई धार्मिक,सामाजिक, आर्थिक, सांस्कृतिक साथै राजनीतिक क्रियाकलापमा पुनः सक्रिय बनाउन एबं पुनर्स्थापन गराउनमा जोड दिनु पर्दछ।

र, अन्तयमा जे भने पनि देशको राजनितिक माहोल सरकारको राज्य ब्याबस्था दिंगो हुनु आवश्यक छ। स्वदेशमा नै नेपालीलाई परिणाम मुखी र अर्थतन्त्र बलियो बनाउन मुख्य कारकतत्व गैरजिम्मेवार राजनीतिक शक्ति भएकोले यसको ठोस कदम चलने र भ्रस्टाचार मुक्त समाज र देश बनाउन सके बैदेशिक रोजगारमा रहेका नेपाली फर्केने बातावरण छिट्टै मिल्ने सम्भावना छ ।

तपाईँको मत