‘नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने’ प्लेकार्ड बाेकेर डाक्टर माइतिघरमा
- गाउँ सहर संवाददाता
- ९ असोज मंगलबार, २०८० | १३:५९:०० मा प्रकाशित

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन्। डाक्टरलाई राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति नभए नियमित स्वास्थ्य सेवा प्रवाहमा आउन सक्ने अस्वाभाविक परिस्थितिप्रति सरकार जिम्मेवार हुनुपर्ने भन्दै उनीहरु प्रदर्शनमा निस्किएका हुन्।
लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालमा चिकित्सकलाई आक्रमण गरिएको भन्दै उनीहरु माइतीघरको सडक आन्दोलनमा निस्किएका हुन्। माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा समेत मागेका छन्। उनीहरुले ‘डाक्टर कुट्ने कहिलेसम्म ? ’,‘डाक्टर कुट्न पाइदैन’,‘नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने’ लगायतका प्लेकार्ड र ब्यानरसहित विरोध गरेका हुन्।
आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टरमाथि कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको छ।
यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलन गरेका थिए। सरकारसँग ६ बुँदे सम्झाैता भएपछि चिकित्सकहरू काममा फर्किएका थिए।
चिकित्सकहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयनको माग गरेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस