सुरु भयो इन्द्रजात्रा, ३२ हाते लिङ्गो हनुमानढोकामा ठड्याइयो
- गाउँ सहर संवाददाता
- ९ असोज मंगलबार, २०८० | १२:५८:०० मा प्रकाशित

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत् सुरु भएको छ ।
आज (मङ्गलबार) द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो । अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि ल्याइएको लिङ्गो आजको शुभ साइतमा ठड्याइएको हो ।
३२ हातको लिङ्गो शुभसाईतमा तानेर हनुमानढोका परिसरमा ठड्याइएको हो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। यो इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्व हो । मुख्य रुपमा भाद्र शुक्ल चतुर्दशी (यो वर्ष असोज ११ गते) इन्द्रको पूजआरधाना गरी इन्द्रजात्रा पर्व मनाइन्छ ।
इन्द्रजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीका दिन ‘इन्द्रध्वज पतन’ गरी जात्रा समापन गरिन्छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस