लेखनाथ हार्डवयरमा पंगेनी सर्वसम्मत
- गाउँ सहर संवाददाता
- ७ असोज आइतबार, २०८० | १९:११:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ हार्डवयर एसोसिएसनको १०औं वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले आगामी कार्यकालका लागि वर्तमान प्रथम उपाध्यक्ष अर्जुनराज पंगेनीलाई अध्यक्ष पदमा चयन गरेको छ ।
पंगेनीको अध्यक्षतामा सर्वसम्वत रुपमा गठित समितिको प्रथम उपाध्यक्षमा लक्ष्मण सुनार, द्वितीय उपाध्यक्षमा रमेश श्रेष्ठ, महासचिवमा (सानो) शिवराज अधिकारी, सचिवमा ई. विजय न्यौपाने र कोषाध्यक्षमा गम बहादुर सुनार रहेका छन् ।
यसैगरी समितिका सदस्यहरुमा सुभाष कडेल, राजु रिमाल,अशोक तिवारी र जीवनहरि कुँवर रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले लेखनाथलाई व्यापारिक स्थल वनाउन हाडवर्यर व्यवसायीहरुको ठूलो भूमिका रहेकाले अहिलेको मन्दीका समयमा आफनो ब्यवसायलाई कसरी ब्यवस्थित बनाउन सकिन्छ भन्ने वारेमा सामुहिक चिन्तन गर्नु पर्ने समय आएको सुझाव राखेका थिए ।
कार्यक्रममा डाडाकोनाक प्रहरीचौकीका प्रमुख डिएस्पी सुनिल मल्ल, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, बजार व्यवस्थापन समितिको तर्फबाट दयाराम तिवारी, निर्माण व्यवसायी समिति लेखनाथका बरिष्ठ उपाध्यक्ष भीम बहादुर नेपाली, एसोसियसनका सल्लाहकार भरत कुमार अधिकारी र गोपिचन्द्र वास्तोल लगायतले व्यवसायमा आर्थिक अनुशासनलाई आत्मसाथ गर्दै व्यापार हुँदा मात्तिने र नहुँदा आत्तिने प्रचलनको अन्त्य हुनु पर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष ऋषिराम जमरकट्टेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस