गाउँ सहर

भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको एघारौं साधारण सभा

लेखनाथ । पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको एघारौं  वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद भीम कार्कीले  मूल्य र मान्यतालाई आत्मसाथ गर्दै कृषिका लागि सहकारीले प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने र सेयर सदस्यलाई लगानीको माध्यमबाट आय आर्जनतर्फ अघि बढाउनु पर्ने बताए ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कम लागत र बढी उत्पादनमा जोड दिँदै महानगरको कृषि एम्बुलेन्सको भरपूर उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले वडाको विकासमा सहकार्य गर्न सबैलाई आग्रह गरे । साना किसान इलाका पोखरा कार्यालयका प्रमुख विदुर अर्यालले भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेड मूल्याङ्कनमा गण्डकी प्रदेशकै उत्कृष्ट भएकामा प्रशंसा गरेका थिए ।

कार्यक्रममा भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अभिकारी, बाघमारा बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसीमणि अधिकारी, एग्रो टुरिजम सहकारी संस्था लिमिटेडका अध्यक्ष डिल्लीराम बराल, पूर्व भरतपोखरी गाविस अध्यक्षएवम् संस्थाका सल्लाहकार यज्ञप्रसाद अधिकारी, पूर्व भरतपोखरी गाविस सचिव गङ्गादत्त पौडेल, वरपाण्डेथुम महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमादेवी आचार्य लगायतले आ-आफ्ना धारणा राख्दैे सहकारीको आवश्यकता र उपयोगीताका बारेमा प्रकाश पारेका थिए ।

संस्थाका उपाध्यक्ष शष्मा आचार्यको स्वागत तथा सस्थाका सचिव वसन्त लम्सालले संचालन गरेको कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई र पूर्व कार्य समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत