एपेक्स क्रिकेट आइतबारदेखि
- गाउँ सहर संवाददाता
- ६ असोज शनिबार, २०८० | २०:५५:०० मा प्रकाशित

काठमाडाैँ । एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगिता आइतबार सुरु हुँदै छ । हब इन्टरनेसनल एजुकेसनको प्रस्तुतिमा एपेक्स कलेजले आयोजना गर्ने प्रतियोगिता असोज २३ सम्म चल्नेछ । ट्वान्टी–२० संरचनामा हुने प्रतियोगितामा मोफसलको एकसहित कुल १६ टोलीले सहभागिता रहनेछ ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा शिक्षान्तर कलेज, झापाको आस्था कलेज अफ म्यानेजमेन्ट, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, ब्लुबर्ड कलेज, समूह ‘बी’ मा कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी, लिभरपुल, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, इस्लिङ्टन कलेज रहेका छन् । समूह ‘सी’ मा काठमाडौं स्कुल अफ ल, रेन्बो इन्टरनेसनल, पाटन संयुक्त क्याम्पस, रत्नराज्य क्याम्पस, तथा समूह ‘डी’ मा आयोजक एपेक्स, सेन्ट जेभियर्स, काठमाडौं विश्वविद्यालय र थेम्स छन् ।
समूहका शीर्ष दुई टोली क्वाटरफाइनल पुग्ने छन् । क्वाटरफाइनलका खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । मूलपानीको तल्लो क्रिकेट मैदानमा हुने प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्लेयर अफ द सिरिजले १५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही १० हजारबराबर नगद र क्रिकेट किट पाउनेछन् । प्रत्येक प्लेयर अफ द म्याचले २५ सय बराबरको किट पाउनेछन् ।
एपेक्सका हेड अफ स्ट्राटेजी सन्देश कटुवालले यसलाई बर्सेनि प्रतियोगिता गरेर विशिष्ट बनाइने दाबी गरे । प्रतियोगिताकी प्रोजेक्ट म्यानेजर अस्मिता पौडेलले आयोजनाका लागि सबै तयारी सकिएको र खेलाडी र सहभागी टिम निकै उत्साहित रहेको बताइन् ।
हब एजुकेसनका प्रमुख उद्धव बस्नेतले अहिलेको नयाँ पुस्ता क्रिकेटप्रति आकर्षित रहेकाले प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा जोडिएको सुनाए । वाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सञ्जय बस्नेतले प्रदेशले यस प्रतियोगितालाई अर्को वर्षदेखि क्यालेन्डरमा समेट्ने योजना रहेको जनाए ।
प्रतियोगितालाई होन्डा, आईएमई पे, सस्तो टिकट, याचुलालगायतले प्रायोजन गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस