प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता
- गाउँ सहर संवाददाता
- ६ असोज शनिबार, २०८० | १६:५६:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति चीन चिनफिङसहित शीर्ष तहमा द्विपक्षीय वार्ता भएको छ।
शनिबार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डको टोलीसहित द्वीपक्षीय वार्ता सुरु भएको हो। यसअघि प्रचण्ड र सीबीच हाङ्जाओमै संक्षिप्त भेट भएको थियो।
द्विपक्षीय वार्तामा प्रधानमन्त्रीसहित नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत नेपाली प्रतिनिधिमण्डका सदस्यहरू सहभागी छन्।
प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्युयोर्कबाट हाङचउ पुगेका हुन् । चीनको हाङचउ सहरमा १९ औं एसियाली खेलकुदको उद्घाटन कार्यक्रम रहेको छ ।
आइतबार प्रधानमन्त्री दाहाल चीनको राजधानी बेइजिङ जाने छन् । बेइजिङमा उनले सोमबार आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्न कार्यक्रम छ । त्यसैगरी राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् ।
यसैगरी चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले मंगलबार चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित शुक्रबार नेपाल फर्कने कार्यक्रम छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस