अमेरिकाको आकासमा केपी ओली
- गाउँ सहर संवाददाता
- ३१ भदौ आइतबार, २०८० | १३:११:०० मा प्रकाशित
..jpeg)
झापा । नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्विर साथमा लिएर एक जना नेपाली १४ हजार ५ सय फिट उचाईबाट ‘स्काई डाइभिङ’ गरेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का सुजन ओलीले अमेरिकाको न्युयोर्क सिटी बाट नेपालको झण्डा, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार नेकपा एमालेका अध्यक्ष समेत रहेका पुर्र्व प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर फहराउदै ‘स्काई डाइभिङ’ गरेका हुन् ।
उनले आफु शिवसताक्षी नगरबासी भएकाले शिवसताक्षी नगरपालिकाको तस्बिर र नेकपा एमालेको संगठित सदस्य भएकाले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा नेपालको झण्डा लिएर ‘स्काई डाईभीङ्’गरको बताए । १४ हजार ५०० फिट उचाईबाट ‘पाइलट’को सहायतामा ‘स्काई डाईभिङ्’ गरेको उनले जानकारी दिएका छन् ।
नेपाली समयअनुसार आइतबार बिहान बजे ८ बजे उनले ‘डाईभिङ’ सफल गरेका हुन् । ‘मरेको थिए भने पनि नेपाली भएकाले नेपालको राष्ट्रिय झण्डा, एमाले भएकाले पार्टी अध्यक्ष ओलीको तस्विर र शिवसताक्षी नगरबासी भएकाले नगरको तस्विर साथमा रहेकाले परिवारको गुनासो हुदैन थियो,’ उनले भने ।
सानैदेखि हक्की स्वभावका ओली नेपालका विभिन्न ठाउँबाट बञ्जीजम्प र प्याराग्लाईडिङ गरेका गरेका छन् । उनी यसअघि पनि अमेरिकाका विभिन्न सहरहरुबाट जोखिमपूर्ण खेल खेल्दै आएका थिए ।
‘अमेरिकाको न्युर्योक सहरबाट नेपालको राष्ट्रिय झण्डा फहराउदै १४ हजार ५ सय फिटमाथिबाट स्काई डाईभिङ गर्ने म सम्भवतः पहिलो नेपाली हुँ,’ उनले दावि गरेका छन ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग नेपालकै हो भनि नेपालको नक्सामा समेटेर प्रकाशित गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको सम्मानका लागि ‘स्काई डाइभिङ’ गरेको उनले बताए । ‘ती भुभाग समेटर भारतका अगाडी नक्सा सार्वजनिक गर्नु चानचुने मुटु हुनेले सक्दैन । महिले पनि ज्यानको परवाह नगरी पुर्व प्रधानमन्त्री ओलीको निर्भिकताको सम्मानका लागि सफल ‘स्काई डाइभिङ’ गरेको हुँ ।’
केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको वेला उनले‘स्काई डाइभिङ’गर्ने योजना बनाएका थिए । ८ वर्ष पछि आफ्नो लक्ष्य पुरा भएको उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस