अमेरिकाको आकासमा केपी ओली
- गाउँ सहर संवाददाता
- ३१ भदौ आइतबार, २०८० | १३:११:०० मा प्रकाशित
झापा । नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्विर साथमा लिएर एक जना नेपाली १४ हजार ५ सय फिट उचाईबाट ‘स्काई डाइभिङ’ गरेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का सुजन ओलीले अमेरिकाको न्युयोर्क सिटी बाट नेपालको झण्डा, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार नेकपा एमालेका अध्यक्ष समेत रहेका पुर्र्व प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर फहराउदै ‘स्काई डाइभिङ’ गरेका हुन् ।
उनले आफु शिवसताक्षी नगरबासी भएकाले शिवसताक्षी नगरपालिकाको तस्बिर र नेकपा एमालेको संगठित सदस्य भएकाले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा नेपालको झण्डा लिएर ‘स्काई डाईभीङ्’गरको बताए । १४ हजार ५०० फिट उचाईबाट ‘पाइलट’को सहायतामा ‘स्काई डाईभिङ्’ गरेको उनले जानकारी दिएका छन् ।
.jpeg)
नेपाली समयअनुसार आइतबार बिहान बजे ८ बजे उनले ‘डाईभिङ’ सफल गरेका हुन् । ‘मरेको थिए भने पनि नेपाली भएकाले नेपालको राष्ट्रिय झण्डा, एमाले भएकाले पार्टी अध्यक्ष ओलीको तस्विर र शिवसताक्षी नगरबासी भएकाले नगरको तस्विर साथमा रहेकाले परिवारको गुनासो हुदैन थियो,’ उनले भने ।
सानैदेखि हक्की स्वभावका ओली नेपालका विभिन्न ठाउँबाट बञ्जीजम्प र प्याराग्लाईडिङ गरेका गरेका छन् । उनी यसअघि पनि अमेरिकाका विभिन्न सहरहरुबाट जोखिमपूर्ण खेल खेल्दै आएका थिए ।
.jpeg)
‘अमेरिकाको न्युर्योक सहरबाट नेपालको राष्ट्रिय झण्डा फहराउदै १४ हजार ५ सय फिटमाथिबाट स्काई डाईभिङ गर्ने म सम्भवतः पहिलो नेपाली हुँ,’ उनले दावि गरेका छन ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग नेपालकै हो भनि नेपालको नक्सामा समेटेर प्रकाशित गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको सम्मानका लागि ‘स्काई डाइभिङ’ गरेको उनले बताए । ‘ती भुभाग समेटर भारतका अगाडी नक्सा सार्वजनिक गर्नु चानचुने मुटु हुनेले सक्दैन । महिले पनि ज्यानको परवाह नगरी पुर्व प्रधानमन्त्री ओलीको निर्भिकताको सम्मानका लागि सफल ‘स्काई डाइभिङ’ गरेको हुँ ।’
केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको वेला उनले‘स्काई डाइभिङ’गर्ने योजना बनाएका थिए । ८ वर्ष पछि आफ्नो लक्ष्य पुरा भएको उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस