श्रीलंका र भारबीच आज एसीसी एसिया कप क्रिकेटको फाइनल हुँदै
- गाउँ सहर संवाददाता
- ३१ भदौ आइतबार, २०८० | ०९:१७:०० मा प्रकाशित

काठमाडौं । डिफेन्डिङ च्याम्पियन श्रीलंका र भारबीच आज आईतबार एसीसी एसिया कप क्रिकेटको फाइनल हुँदैछ ।
श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।
श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो ।
डिफेन्डिङ च्याम्पियन यस संस्करणको समेत उपाधी जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।
एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।
रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो ।
एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् ।
यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो ।
सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो ।
श्रीलंकाले तीन पटक भारतले पराजित गरेको छ । सुपर फोरमा भारतले श्रीलंकासँग कठिन जित निकालेको थियो ।
भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो ।
श्रीलंकाले भने बंगलादेश र पाकिस्तानलाई पराजित गरेको थियो ।
फाइनल खेल वर्षाका कारण रद्द भएमा सोमबार रिजर्भ डेको व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस