गाउँ सहर

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय, राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

  • २६ भदौ मंगलबार, २०८० | १०:४७:०० मा प्रकाशित

काठमाडौं । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हाे। 

मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज राती निधन भएका नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए। यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिको दिन राष्ट्रिय बिदा दिने निर्णय समेत गरेको छ।

‘संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै राजकीय सम्मान दिने निर्णय भयो। उहाँको जुन दिन अन्तेष्टि गरिन्छ सोही दिन सरकारी बिदा दिइने निर्णय भयो,’ उनले भने। 

उपाध्यक्ष नेम्वाङको आज राती हृदयघातका कारण निधन भएको थियो। उनका छोराहरू विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ। 

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो।

तपाईँको मत