मुक्तिनाथ विकास बैंकद्वारा वैकल्पिक ऊर्जामा लगानी गर्ने सम्झाैता
- गाउँ सहर संवाददाता
- २५ भदौ सोमबार, २०८० | १२:३७:०० मा प्रकाशित
काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सस्टेनेशन इनर्जी च्यालेन्ज फण्ड अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ ।
यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको जनाइएको छ ।
विगतदेखि नै बैंकले वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ । यो सहकार्यले वातावरण संरक्षण र हरित उर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोह बीच हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस