श्रम गन्तव्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीले बाेलाए नेपालका श्रम-गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई
- गाउँ सहर संवाददाता
- २५ भदौ सोमबार, २०८० | ०८:३८:०० मा प्रकाशित

काठमाडाैं । श्रम गन्तव्य सुरक्षित बनाउन र मानव तस्करी रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्।
प्रधानमन्त्रीले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई सहभागी गराई दुई दिवसीय बैठक आयोजना गर्न लागेका हुन्। बैठक आगामी मंगलबार र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चल्नेछ।
यसप्रकारको बैठक प्रधानमन्त्रीको पहलमा देशमा पहिलोपटक हुँदै छ।
प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा हुने बैठकमा श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपाय पहिचान गरी तिनलाई निर्णयमा बदल्ने काम बैठकले जनाइएको छ।
विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ। बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहनेछ।
बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस