मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका पाँच कृषि संरचनाको उद्घाटन
- गाउँ सहर संवाददाता
- १८ भदौ सोमबार, २०८० | १३:४५:०० मा प्रकाशित
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका पाँच ओटा कृषि संरचनाको आइतवार एकैसाथ उद्घाटन गरिएको छ । कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार आइतवार ती योजनाको एकैसाथ डिजिटल उद्घाटन गरिएको हो । कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीलाई देशव्यापी रूपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले योजना अगाडि सारिएको बताइएको छ ।
कम्पनीको इटहरी, बर्दिवास, काठमाडांै, बुटवल, सुर्खेत र धनगढीस्थित प्रादेशिक कार्यालय, स्याङ्जा तथा चितवनस्थित ‘फार्म उत्कृष्टता केन्द्र र कृषिमा लगानी प्रवर्द्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’को उद्घाटन गरिएको हो ।
त्यस्तै, कृषकलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’ र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’को उद्घाटन भएको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रको समग्र विकासमा निजीक्षेत्रको भूमिका महत्त्वपूर्ण रहने भन्दै उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिँचाइ लगायत कृषि संरचनाको विकासमा जोड दिएको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औं आवधिक योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम फलदायी रहेको बताए । योजनामा सार्वजनिक निजी सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने उनले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सार्वजनिक निजी साझेदारीमार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीको लगानी आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्नुपर्ने बताए । त्यस्तै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने उनको धारणा छ ।
कार्यक्रममा कृषि क्षेत्रको प्रमुख समस्या, कम्पनीका गतिविधि, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावी सम्भावनाका विषयमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुति दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस