वातावरण

आइतबारकाे माैसमः एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङ्ग सहित भारी वर्षा

काठमाडाैँ । आज २०८० भदौ १७ गते (आइतबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत