साताको अन्तिम दिन दोहोरो अंकले घट्याे सेयर बजार, सबैभन्दा बढी सोल्टी होटलको कारोबार
- गाउँ सहर संवाददाता
- ७ भदौ बिहीबार, २०८० | १५:४०:०० मा प्रकाशित

काठमाडौँ । यो साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम समयमा ३१.५२ अंकले ओरालो लाग्दै २०१३ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबार अवधिभर २ सय ७५ कम्पनीका ४६ लाख ५७ हजार १ सय ३७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ५५ करोड ५ लाख ८२ हजार रुपैयाँ माथि पुगेको हो ।
नेप्से परिसूचक ओरालो लाग्दा आज कारोबार भएकामध्ये २ सय ६ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने १७ कम्पनीको सेयरमूल्यमा मात्रै सुधार आएको छ । आज सेयरमूल्य उकालो लागेका कम्पनीहरुमध्ये कुथेली बुखरी स्माल हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकाराच्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी सोल्टी होटलको ७ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक २४३ अंकले ओरालो लागेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस