अर्थतन्त्र

भिट्टामोड नाकाबाट एक अर्ब ८४ करोड बढी मूल्यकाे खाद्यान्न आयात

जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० मा भिट्टामोड नाकाबाट एक अर्ब ८४ करोड ५७ लाख रुपैयाँँ मूल्य बराबरको आलु प्याज, हरियो तरकारी र चामल नेपाल भित्रिएको छ ।

महोत्तरीको दक्षिणी नाका भिट्टामोड भएर भारतबाट ७४ करोड, ५० लाख ५७ हजार रुपैयाँ मूल्य बराबरको ३ करोड ७० हजार किलो आलु भित्रिएकाे हाे ।

४४ करोड ७९ लाख ९७ हजार मूल्य बराबरको १ करोड १६ लाख ५६ हजार केजी प्याज, २ करोड ६६ लाख ६६ हजार मूल्य बराबरको १४ लाख २२ हजार केजी हरियो तरकारी तथा ५४ करोड ६३ लाख २९ हजार मूल्य बराबरको ९७ लाख केजी चामल नेपाल भित्रिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत