एनआरएनए पपुवा न्यूगिनीको अध्यक्षमा पुन लगायत अन्य पदमा निर्वराेध
- सचिन्द्र श्रेष्ठ
- १५ श्रावण सोमबार, २०८० | १२:४७:०० मा प्रकाशित
.jpeg)
पपुवा न्यूगिनी । गैर आवासीय नेपाली संघ पपुवा न्यूगिनीको अध्यक्षमा पोषण पुन निर्वाचित भएका छन् । यस अघिका कार्य समितिमा समेत विभिन्न पदमा बसेर सेवा गर्दै आईरहेका थिए । अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
महासचिबमा अशोक गौतम र सचिवमा दीपेन्द्र थापा निर्वाचित भएका छन् । कोषाध्यक्षमा केशव राना र प्रवक्तामा कुलबहादुर श्रीस निर्वाचित भए ।
निर्वाचन समितिका संयोजक राजु केसीले सहमतिमा नै विभिन्न पदको अन्तिम टुङ्गो लगाई निर्वाचित भएको बताए ।
निर्वाचन समितिका संयोजक राजु केसीले निर्वाचित कार्य समितिलाई सपथ तथा पदभार गराएका थिए ।
चौथो अधिबेसन २०२३-२०२५ का लागि नवनिर्वाचित पुनले यस गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदलाई दुबै पक्षसँग श्रम समझौता गराउन पहल गर्ने, आर्थिक पारदर्शीता, नेपाली कामदारमा श्रोत साधनको पहुँच, आधिकारिक राजदुतावास नभएका कारण डेस्क स्थापना गर्ने, कुटनीतिक प्रतिनिधित्व स्थापना गरी कन्सुलर सेवा प्रदान गर्ने र दुई देश बीचको सम्बन्धलाई नया उचाईमा पुर्याउन मद्दत र बिस्तार लगायतका कुरामा जोड दिने बताएका छन् ।
महाधिवेसनमा प्रमुख अतिथि गैर आवसीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव अभिमान सिंह बस्नेतको उपस्थिति रहेको थियो । साथै वरिष्ठ उपाध्याक्ष हिमाल गौतम, महिला संयोजक ममता गिरी, युवा संयोजक गोपाल पुन, सदस्यहरु मदन थापा, दिपक दवाडी, नेत्रमान श्रेष्ठ र आइसिसि सदस्य मोहन पन्त लगायतका चयन भएका छन् ।
प्रतिकृया दिनुहोस