गगन थापाले १५ हजार रुपैयाँ जरिवानासहित खर्चकाे विवरण बुझाए निर्वाचन आयोगमा
- गाउँ सहर संवाददाता
- ११ श्रावण बिहीबार, २०८० | १७:२२:०० मा प्रकाशित

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् ।
थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् ।
‘मैले निर्वाचन आयोगमा मिति २०७९।०८।२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
थापाले आफ्नो निर्वाचन खर्च २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा भएको पनि जानकारी गराएका छन् । निर्वाचन आयोगले गत मंसिरको चुनावको खर्च विवरण सार्वजनिक गरेपछि त्यसको जानकारी नगराउने १ हजारभन्दा बढि प्रतिनिधिसभाका उम्मेद्वारलाई जरिवानाको निर्णय गरेको थियो । सो निर्णयको केही नेता तथा सांसदले आलोचना समेत गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस