गाउँ सहर

आँखाको उपचार गर्न हिँडेकी ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार, दुईजना पक्राउ

  • ५ श्रावण शुक्रबार, २०८० | ०९:५४:०० मा प्रकाशित

दाङ । तुलसीपुरको नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।

गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।

डिएसपी मल्लका अनुसार पीडित महिला आँखाको उपचार गर्न तुलसीपुर आएकी थिइन् । बसपार्क छेऊमा उभिएकी उनलाई ती युवकहरूले ‍फकाएर बसभित्र लगेका थिए । 

बसभित्र पुर्‍याएर बलात्कार गर्न थालेपछि वृद्धा चिच्याएकी थिइन् । उनी चिच्याएको आवाज सुनेर बाटो हिँड्ने सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।  

तपाईँको मत