शिक्षा

क्युएए प्राप्त गर्याे काेटेश्वर बहुमुखी क्याम्पसले

काठमाडाैँ। कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणीकरण प्राप्त गरेको छ।

विश्वविद्यालय अनुदान आयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका कलेजहरूमध्ये कोटेश्वर बहुमुखी क्याम्पससहित दुईवटा कलेजलाई क्युएए प्रमाणीकरण गर्ने निर्णय गरेको थियो।

पढाइको गुणस्तर राम्रो भएका, विद्यार्थी संख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएकालगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रमाणीकरण गर्ने गरेको छ।

विश्वविद्यालय अनुदान आयोगले अहिलेसम्म देशभरिका साढे ६ सयभन्दा बढी सामुदायिक कलेजहरूमध्ये ६२ वटा कलेजलाई क्युएए प्रमाणीकरण गरेको छ।

क्युएए प्राप्त गरेको अवसरमा कोटेश्वर बहुमुखी क्याम्पसले बुधबार खुसियालीसहित बधाई कार्यक्रमको आयोजना गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत