कला

एका बिहानै

  • २० जेठ शनिबार, २०८० | १२:२७:०० मा प्रकाशित

एका बिहानै बार्दलीमा
आगो ओकेल्न आईपुग्छ घाम
तातो घाम रातो आँखा तर्छ म तिर
घर अगाडीको सडक लमतन्न निदाईरहेछ-
सडकको समसामयिक निधन भईसकेको हुन सक्छ
घ्यार्‍र घ्यार्‍र मुटु बिझाउने गरी चिच्याउँदै
सडकको मुटु कुल्चिदै कुदिरहेछन् गाडी
भागिरहेछन् कुनै लखेटीरहेछन कुनै
सडक मौन छ । चुपचाप छ । मृत छ ।

एका बिहानै
आफ्नै मन आफैँसँग कचकच गर्छ
धारिला शब्दहरुले घोचेर बेस्सरी घाउ बनाएपछि 
समसामयिक सम्बन्ध बिच्छेद भएको छ
आफ्नै मनसँग
तात्तातो घामले नुहाएर आएको छु
यतिबेला
मधेसतिर यस्तो सुबिधा पर्याप्त छ
एक दुई हरफ कवितामार्फत
भलाकुसारी गरेपछि तिमीसित
अब केही पल समकोण सुतेर
दुई चार वटा जति बात मार्नु छ 
भूईँसित । छत र भित्ताहरुसित ।
 

तपाईँको मत