१० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने
- गाउँ सहर संवाददाता
- १८ जेठ बिहीबार, २०८० | १३:४८:०० मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए ।
भारत भ्रमणका क्रममा रहेका नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँग भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपालबाट भारतमा बिजुली निर्यातको विकल्प बनाउन हामीलाई पूर्वाधार चाहियो । हाम्रो पार्टरनशिपलाई सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिइएको छ’, उनले भने, ‘भारत र नेपालबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट सम्पन्न भएको छ । हामीले आउने १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएका छौँ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध आफ्नो कार्यकालमा सुदृढ हुँदै गएको बताए ।
उनले नेपाल–भारत पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म बिस्तार गरिने घोषणा गरे । यस्तै सिलगुढीदेखि झापासम्म अर्को पाइपलाइन बनाइने पनि बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस