कला

कविता : प्रेम 

कि फलेको हाँगो झुक्छ
कि कमजोर हाँगो झुक्छ 
अथवा भनौं,
सबै झुक्नेहरु कमजोर हुँदैनन्
न त सबै झुक्नेहरू फलेका हुन्छ्न् ।

मलाई थाहा छ
तिमी शिरदेखि पाउसम्म लटरम्म फलेको मान्छे हौ ।

म किन यस्तो चाहन्छु सखी 
तिमी हरेक याममा यसै गरी लटरम्मै फलिरहनु
तर , 
म सँग वा अरुसँग 
कसैसँग-कहिल्यै नझुक्नु ।

तपाईँको मत