मलेसियाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालको सानदार जित
- गाउँ सहर संवाददाता
- १६ जेठ मंगलबार, २०८० | १७:३०:०० मा प्रकाशित
काठमाडौं । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सानदार जित निकालेको छ ।
मंगलबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो । जितसँगै नेपालले सिरिजमा १-१ को बराबरी गरेको छ । नेपाल सोमबार भएको पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो ।
मलेसियाले दिएको ९७ रनको विजयी लक्ष्य नेपालले १७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अविजित २९ रन बनाइन् ।
यस्तै कविता कुँवरले २६, सीता रानामगरले २३, विन्दु रावलले १७ रन र सम्झना खड्काले अविजित दुई रन जोडिन् । बलिङमा मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९६ रन बनाएको थियो ।मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले सर्वाधिक २८ रन बनाइन् । उनीफ्राई दुरासिंघम र वान जुलियाले २०/२० र हामिजाह हाशिमले अविजित १४ रन बनाइन् ।
बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले दुई विकेट लिइन् । इन्दु बर्मा र कविता कुँवरले एक एक विकेट झारिन् । नेपालले अब मलेसियासँग, तेस्रो खेल जेठ १८, चौथो खेल जेठ २० र पाँचौँ खेल जेठ २१ गते खेल्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस