रेशम चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट्
- गाउँ सहर संवाददाता
- १५ जेठ सोमबार, २०८० | ०८:४२:०० मा प्रकाशित
काठमाडाैँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ । चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको थियो । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ ।
२०७२ साल भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यो घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो । घटनाको योजनाकारको आरोप लागेका चौधरी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा चौधरी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका थिए ।
रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले गएको जेठ २ मा सदर गरेको थियो । रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ । नागरिक उन्मुक्तिले चौधरीलाई सजाय माफी हुनुपर्ने भन्दै सरकार र सत्ता साझेदार दलहरुसँग निरन्तर दबाब दिँदै आएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमले पायाे पाँच वर्षका लागि नयाँ लाइसेन्स
- “सरकार आफैँ निहुँ खोज्न, वातावरण बिर्गान आएको हो” : गगन थापा
- आगलागीका कारण पछिल्लो पाँच वर्षमा चार सय २२ जनाले ज्यान गुमाए, साढे नौ अर्ब बराबरको क्षति
- मन्त्रिपरिषद् बैठककाे निर्णयः सरकारको नीति तथा कार्यक्रम जेठ १ गते
- कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ
- एमसीसीले लगायाे ४०० केभी बुटवल सबस्टेशन निर्माणको जिम्मा भारतीय कम्पनीलाई-
- अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड
- नयाँ सरकार गठनका लागि दाबी पेश, मुख्यमन्त्री केदार कार्की सर्वाेच्चमा
- बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरूद्ध पक्राउ पुर्जी जारी
- कालोसूचीमा किन नराख्न भन्दै २७ ठेकेदार कम्पनीलाई स्पष्टीकरण
प्रतिकृया दिनुहोस