विराटनगरमा निषेधाज्ञा जारी, कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त
- गाउँ सहर संवाददाता
- १४ जेठ आइतबार, २०८० | १४:४८:०० मा प्रकाशित

विराटनगर । कोशी नाम खारेजको माग गर्दै विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
प्रदेशसभाको बैठक बस्ने भएपछि प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा तनावग्रस्त बनेको हो । गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँने भएपछि आन्दोलनकारीले प्रदेशसभा भवन वरिपरि घेराउ गरेका छन् । आन्दोलनकारीतर्फ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको भने झडपमा परी एक सशस्त्र प्रहरी जवानको टाउको फुटेको छ । प्रहरीले आज बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको छ । अहिले प्रदेशसभा बैठक सुरु भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस