राजनीति
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणबारे पूरै ‘फिल्म’ देख्न बाँकी : एमाले अध्यक्ष ओली
- गाउँ सहर संवाददाता
- २८ बैशाख बिहीबार, २०८० | १४:००:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर भएको ठगी प्रकरणबारे पूरै ‘फिल्म’ देख्न बाँकी रहेको बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए। ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो । अहिले आएर बल्ल अगाडि बढेको छ । त्यसमा म खुसी नै छु,’ उनले भने, ‘प्रधानमन्त्रीले भनेको फिल्म देखाउन अझै बाँकी नै छ ।’
ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोवध गर्न सकिन्न भन्ने चाल चल्ने काम भइरहेको आरोप लगाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस