राजनीति

टोपबहादुर रायमाझीबारे एमालेको केन्द्रीय सचिवालय बैठकमा छलफल हुने

काठमाडौं ।  वैशाख २८ गतेबाट सुरु हुने नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।

मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने एमाले सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव समेत रहेका नेता रायमाझी समेत संलग्न भएको प्रहरीको निष्कर्षपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेकोले रायमाझीबारे छलफल हुने भएको छ ।

गत बुधबार अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरि नसकेको दावी गर्दै आएको छ । पुर्जी जारी भएपछि पनि रायमाझी पक्राउ नपरेको भन्दै आलोचना भइरहेको छ । 

केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा समसामयिक राजनीति र विकसित घटनाक्रमका बारेमा पनि छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत