स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सेवा सञ्चालन सम्झौता
- गाउँ सहर संवाददाता
- २५ बैशाख सोमबार, २०८० | १५:०४:०० मा प्रकाशित
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबिच डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।
बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंकबिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।
हाल ५ बाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनि र १५० भन्दा बढी सहकारीहरूले एससिटी यूपिआई डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन्। यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहक महानुभावहरूले एससिटी यूपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन्
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
- ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’
- जसपाका मन्त्रीले लिए शपथ
- नेपालमा सुधारकाे संकेत !
- कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट
- उपेन्द्र यादवकाे राजीनामापछि जसपाद्वारा प्रदीपसहित तीन मन्त्रीकाे नाम सिफारिस
- नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार
- प्रभु बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुट
प्रतिकृया दिनुहोस