पानीले नेपाल र युएईबीचको खेल फेरि रोकियो, छाता ओतमा खेलको प्रतीक्षामा दर्शक
- गाउँ सहर संवाददाता
- १८ बैशाख सोमबार, २०८० | १२:२४:०० मा प्रकाशित
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पानीले पुनः रोकिएको छ । नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान दोस्रोपटक पानी परेपछि रोकिएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र युएईबीचको फाइनल खेल हेर्नका लागि दर्शकहरू व्यग्र बनेका छन् । अहिले दोस्रो पटक पानीका कारण खेल रोकिएको छ । यस्तोमा छाता ओढेर कुरिरहेका दर्शकहरू खेल कतिबेला सुरू हुने हो भनेर चिन्तित बनेका हुन् । पानी परेपछि पिचलाई त्रिपालले छोपिएको छ । पानी रोकिने र खेल सुरु हुने आशामा खेल हेर्न पुगेका दर्शक छाता ओढेर प्रतिक्षारत छन् ।
आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि केहीबेर खेल रोकिएको थियो । पानी पर्न रोकिएपछि खेल पुनः सुरु भएको थियो । ११ बजेर ४८ मा फेरि पानी परेपछि खेल रोकिएको छ । नेपालले टस जितेर बलिङ गरिरहेको छ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार सोमबार र मंगलबार नै हावाहुरीसहित वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने मौसम पूर्वानुमान छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस