खेल

नेपाल र यूएई फाइनल खेल्दै, नेपाललाई नवौँ सफलता (अपडेट)

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता प्राप्त गरेको छ ।

नेपालका लागि ललित राजवंशीले लगाता २ विकेट लिएका हुन् ।

ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् ।

यसअघि सन्दीप लामिछानेले आयन अफ्जल खानलाई कुशल मल्ल मार्फत क्याच गराएका थिए ।

एसिसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ। 

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले नवौँ विकेट गुमाएको हाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत