एपीएफले जित्याे ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
- गाउँ सहर संवाददाता
- १६ चैत बिहीबार, २०७९ | १३:१४:०० मा प्रकाशित
काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण एपीएफ क्लबले जितेकाे छ ।
टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई ५४ रनले हराउँदै च्याम्पियन बनेको हाे ।
ललितपुर मेयर्स कपको तीनै संस्करणमा एपीएफ च्याम्पियन भएको छ । पहिलो र दोस्रो संस्करणमा सुदूरपश्चिम प्रदेश पराजित भएको थियो ।
एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ४१ बलमा ३५ रन बनाउँदा लकिता राजवंशीले अविजित २१ रन बनाईन् । अप्सरी बेगमले १० रन बनाईन् । एपीएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का,रेखा रावल र नेरी थापाले समान १/१ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो । यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स ११ ले लुम्बिनी प्रदेशविरुद्ध १ सय ४४ रन बनाएको थियो ।

एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् । इन्दु बर्माले ४१ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो । कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् ।
अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो । समूह चरणको खेलमा एपीएफले कोशीलाई ७ विकेटले पराजित गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
प्रतिकृया दिनुहोस