लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा डिल्ली चौधरीको यस्तो दाबी
- गाउँ सहर संवाददाता
- १२ चैत आइतबार, २०७९ | १७:३०:०० मा प्रकाशित

काठमाडौँ । माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा नेकपा एमालेका लीला गिरी नेतृत्वको सरकार हुँदा नै डिल्ली चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेस गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५३ सांसदको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखलाई पत्र बुझाइएको छन् । संविधानको धारा १६८ को २ अनुसार चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले हस्ताक्षर गरी प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका छन् । हस्ताक्षर गर्नेमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ जना भए बहुमत पुग्छ । केन्द्रमा भएको गठबन्धन अनुसार प्रदेशमा पनि नेकपा एमालेको सरकार ढालेर ८ दलले सरकार बनाउन लागेका हुन् । प्रदेश सभाका १० दलमध्ये राप्रपाले ८ दललाई साथ दिएको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस