स्ववियु निर्वाचन : आइतबार ११४ क्याम्पसमा निर्वाचन १०६ वटामा निर्विरोध
- गाउँ सहर संवाददाता
- ५ चैत आइतबार, २०७९ | १७:०५:०० मा प्रकाशित
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । आज देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न क्याम्पसमा चुनाव भएको हो ।
विभिन्न २१७ क्याम्पस मध्ये १०६ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । कोशी प्रदेशका २१ क्याम्पस, बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।
कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२, सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ । अन्य १० वटामा ८ गते र एउटामा सोमबार चुनाव हुनेछ । २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।
चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता भएन । थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नहुने क्याम्पसको संख्या ११४ रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस