गाउँ सहर

साथीको विवाहमा जीवन बीमा उपहार !

महेन्द्रनगर । सखुवा, महेन्द्रनगर–८, धनुषा निवासी राजिवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिवकुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् । उनीहरूले साथीलाई प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिएका हुन् ।

आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवन यापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले बताए ।

विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुल आलमर बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

राजिवकुमार पण्डितको विवाह नेहा भारतीसँग भएको थियो । दुलाहा राजिवकुमार पण्डित ग्लोवल आइएमइ बैंक कुमारीपाटी शाखामा कार्यरत छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत