हिमालयन बैंकले र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि
- गाउँ सहर संवाददाता
- २ फाल्गुण मंगलबार, २०७९ | १४:१८:०० मा प्रकाशित

काठमाडाैँ । हिमालयन बैंकले र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई लाई प्राप्ति गरेपछि फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो ।
गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो। प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौको कमलादीमा रहने बैंकले जनाएको छ ।
दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।
एकीकृत कारोबार सुरु गर्न सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहेछन् । सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहनेछन् । सिभिल बैंकका शाखा कार्यालयहरु फागुन ७ गते आइतबारसम्मबा सुचारु रहनेछन् ।
यता, फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस