युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, एमसीसी परियोजनाका विषयमा छलफल
- गाउँ सहर संवाददाता
- २४ माघ मंगलबार, २०७९ | १७:३७:०० मा प्रकाशित

काठमाडाैं । नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावरले मंगलबार अपरान्ह परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटेकी छिन्।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल अमेरिकाबीचको द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गत परियोजना कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतमा छलफल भएको थियो।
त्यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिइन्।
पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिवद्धता जनाएकी थिइन्।
पावर मंगलबार बिहान नेपाल आएकी हुन्। समान्था पावर सन् २०२१ को मे ३ तारिखयता युएसएआइडीकी प्रमुख छिन्।
पावर सन् २०१३ देखि २०१७ सम्म अमेरिकाका तर्फबाट संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन्।
उनी सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन्। उनी पूर्व पत्रकार समेत हुन्।
नेपाल बसाईमा पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बिष्णु पौडेलसंग पनि भेट्ने कार्यक्रम छ। उनले आजै नागरिक समाजका केही प्रतिनिधीसंग पनि भेटवार्ता गरिन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस