राष्ट्र बैंककाे तथ्याँकले देखायाे विदेश भ्रमण र पढ्न जाने नेपालीले गरकाे डरलाग्दाे खर्च
- गाउँ सहर संवाददाता
- २४ माघ मंगलबार, २०७९ | १७:२४:०० मा प्रकाशित

काठमाडाैं । चालु आर्थिक वर्षको छ महिनामा विदेश भ्रमण र पढ्न जाने नेपालीले साढे ५१ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्म विदेशमा घुम्न जाने र शिक्षाका लागि जाने नेपालीले ५१ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् । भ्रमणका लागि १६ अर्ब नाै करोड र शिक्षाका लागि ३५ अर्ब ३६ करोड रुपैयाँ विदेशिएको हो ।
अघिल्लो वर्षको पहिलो छ महिनामा नेपालीले विदेशमा साढे ३२ अर्ब रुपैयाँ खर्च गरेकामा शिक्षातर्फ १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका थिए ।
छ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५८ दशमलव ५ प्रतिशतले बढेको छ । यस्तै भ्रमण व्ययसँगै आय पनि बढेको छ । छ महिनामा भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च १ सय ६ दशमलव ९ प्रतिशतले बढेर २८ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको छ महिनामा विदेशीले नेपालमा १२ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस