राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्वाचन आयोगको निर्णय, उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा
- गाउँ सहर संवाददाता
- १६ माघ सोमबार, २०७९ | १४:२८:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
'केही समयमा हामी निर्वाचन तालिका सार्वजनिक गर्दैछौं,' थपलियाले भने । राष्ट्रपतिको निर्वाचन मितिमा घोषणा गर्न राजनीतिक दलहरुले माग गर्दै आएका छन् ।
राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक फरक हुन्छ ।
संवैधानिक राष्ट्रपति भएपनि विगतमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा निर्णायक भूमिका खेल्ने गरेका कारण प्रमुख राजनीतिक दल यो पद आफ्नो पक्षमा पार्न चाहान्छन् । कुनैपनि दलको स्पष्ट बहुमत नभएको अवस्था राष्ट्रपति को हुन्छन भन्ने विषय अहिले राजनीतिको परिस्थितिमा पेचिलो विषय बन्न पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस