राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्वाचन आयोगको निर्णय, उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा
- गाउँ सहर संवाददाता
- १६ माघ सोमबार, २०७९ | १४:२८:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
'केही समयमा हामी निर्वाचन तालिका सार्वजनिक गर्दैछौं,' थपलियाले भने । राष्ट्रपतिको निर्वाचन मितिमा घोषणा गर्न राजनीतिक दलहरुले माग गर्दै आएका छन् ।
राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक फरक हुन्छ ।
संवैधानिक राष्ट्रपति भएपनि विगतमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा निर्णायक भूमिका खेल्ने गरेका कारण प्रमुख राजनीतिक दल यो पद आफ्नो पक्षमा पार्न चाहान्छन् । कुनैपनि दलको स्पष्ट बहुमत नभएको अवस्था राष्ट्रपति को हुन्छन भन्ने विषय अहिले राजनीतिको परिस्थितिमा पेचिलो विषय बन्न पुगेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस