बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
- गाउँ सहर संवाददाता
- ११ माघ बुधबार, २०७९ | १५:१३:०० मा प्रकाशित
काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बागमतीमा सत्ता गठबन्धनमा रहेका तीन दल एमाले, माओवादी र राप्रपाको सरकार निर्माण भएको हो। एमालेका ४, माओवादीका ४ र राप्रपाबाट ३ जना मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। यस सँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।
एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ मन्त्री, काठमाडौंका केशव पोख्रेल कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त भएका हुन्। यसअघि नै चितवनका जगन्नथा थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गरिसकेका छन्।
त्यस्तै, माओवादी केन्द्रबाट कुमारी मोक्तान सामजिक विकास मन्त्री, सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका हुन्। माओवादीका शालिकराम जम्मकट्टेल प्रदेशका मुख्यमन्त्री छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस