गाउँ सहर

यती एयर विमान दुर्घटनामा परेकाहरूकाे बिहानैदेखि उद्धार सुरु, पहिचान भएका शव आज आफन्तको जिम्मा लगाइने

काठमाडाैं । पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।

सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।

त्यसैगरि मृत्यु भएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो । पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको उनले बताए ।

दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना थिए । ६८ जनाकाे मृत्यु भएको पुष्टि भएको छ । केही शव दुर्घटनास्थलबाट निकाल्न कठिनाइका भएको छ भने केही फेला परेका छैनन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत