कला

भरिया

उसले डोकोको भारी बोकेको छ,
डोको भन्दा गरुङ्गो
आफ्नो मनको भारी बोकेको छ
डोकोको भारीमा उसको जिम्मेवारी देखिँदैन
मन कसैले खोतलेर हेर्न पनि मिल्दैन
आफ्नो भारी आँफैसंग राखी
उ आफ्नो नित्यकर्म गर्न तल्लीन छ।

चिसो मौसम छ
उसको केवल एकै मात्र मुद्धा छ
दुई छाकको खाना।

चिसोमा भारी पर्खेको भरियाको मुद्धा
मृत्युले जितेर
समस्याको हल गरिदियो।
सधैं भरी भारी बोकेको भरिया उ
आज उ आफ्नो बन्धूबान्धवको लागि
मसानघाट सम्मको लागि भारी भएको छ
बोकेर लानुपर्ने भारी।

तपाईँको मत